News Desk 1
काठमाडौं, काग तिहारको अवसरमा कलाकार रमेश दुलाल"कागे"ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन ।
टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।
दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन । साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्र�